किमले स्वीकारे ट्रम्पको भ्रमण निम्तो


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको जनाएको छ।

सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए।

किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ।

भ्रमणको निम्तोका समर्थकहरूको विश्वास छ- यो दुई देशबीचको सम्बन्ध थप विकसित गर्ने अवसर हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ अध्याय

तर केही आलोचकहरूको चिन्ता छ- त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुनेछ।

ट्रम्पको किमसँगको ऐतिहासिक भेटवार्ताको विश्वभरिबाट सावधानीपूर्वक स्वागत भइरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com