पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्पले भने, ह्वाइट हाउसमा फेरि भेट्छौँ


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएको छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक मानिएको छ।

राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्। उनले विगतको दाँजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायद्विपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्।

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिनु भएको छ । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिएका छन् ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भनेका छन् । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com