घरेलु र गिरोह हिंशाका पीडितले अब अमेरिकामा एसाइलम नपाउने (पूर्ण पाठ)


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

अमेरिकी महान्यायाधिवक्ताले घरेलु हिंशा र गिरोहको हिंशाका पीडितहरुलाई अब अमेरिकामा एसाइलम नपाउने गरी नयाँ  रुलिंग जारी गरेका छन् । नयाँ नियम अनुशार अब सामान्यतया घरेलु हिंशा र गिरोहको हिंशाका पीडितहरु एसाइलमका लागि योग्य हुने छैनन् ।

महान्याधिवक्ता जेफ सेसनको जारी गरेको नयाँ नियमले २०१६ को एउटा निर्णयलाई उल्टाएको छ जसमा एकजना एल साल्भोडरकी महिलाले आफ्ना पतिबाट बलात्कृत भएको र दुब्र्यबहार भोगेको भन्दै दिएको एसाइलम आवेदन स्वीकृत भएको थियो । सेसनको यस्तो कदमबाट १० औं हजार प्रभावित हुने भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

जेफ सेसनले सोमबार दिएको ३१ पृष्ठको निर्देशनमा भनिएको छ सामान्यतया घरेलु र गिरोहका हिंशामा परेकाहरु एसाइलमका लागि योग्य हुने छैनन् ।

रुलिंगको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

सन् २०१४ मा एकजना एल साल्भाडोरकी महिला अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलका लागि आवेदन दिएकी थिइन् । उनले आफ्ना पूर्वपतिबाट मानसिक, भौतिक र यौनिक रुपमा प्रताडना पाएको भन्दै आवेदन दिएकी थिइन् । युएस बोर्ड अफ इमिग्रेशन अपिलले उनलाई निश्चित सामाजिक समुहको परिभाषा अनुशार एसाइलमका लागि योग्य ठानेको थियो । तर जेफ सेसनले सोमबार यो निर्णयलाई उल्टाएका छन् ।

अमेरिकामा हरेक बर्ष कम्तीमा १० हजार व्यक्तिले घरेलु हिंशा र गिरोहबाट पीडित भएको भन्दै एसाइलम पाउने गरेको अधिकारकर्मीहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com