ट्रम्प-किम भेट: उत्तर कोरियासँगको वार्ता सफल भएको ट्रम्पको भनाइ


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँगको उनको शिखरवार्तामा ठोस प्रतिबद्धताहरू नभएको भनी आलोचना भैरहेको भए तापनि त्यसलाई एकदमै ठूलो सफलता भनेका छन्।

शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दुई नेताबीच हस्ताक्षर भएको दस्तावेजमा उल्लेख नभएका विवरणहरूका बारेमा समेत जानकारी दिएका छन्।

उनले दक्षिण कोरियासँग मिलेर हुँदै आएको संयुक्त सैनिक अभ्यासहरु बन्द गर्ने बताएका छन्, जस्लाई अमेरिकाले दिएको ठूलो छुटका रुपमा हेरिएको छ।

बदलामा उत्तर कोरियाली नेता किमले आफ्नो देशको एक प्रमुख क्षेप्यास्त्र इञ्जिन परीक्षणस्थल नष्ट गर्ने वाचा गरेको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उनका अनुसार अमेरिकी सैन्यबल तत्कालका लागि दक्षिण कोरियामै रहनेछ।

ट्रम्पले आफू र किम एउटा विस्तृत सहमतिमा पुगेको र अमेरिकाले केही पनि नगुमाएको पनि बताएका छन्। उनले उत्तर कोरिया विरुद्धका प्रतिबन्धहरू हाललाई कायमै राखिने पनि बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com