विद्यासुन्दरले सांसदलाई सुम्पिए काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

भूकम्पले ध्वस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रदेशसभका सांसद राजेश श्रेष्ठको संयोजकत्वमा बनेको ५५ सदस्यीय समितिलाई नै महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा दिएको छ ।

यसअघि काष्ठमण्डप महानगरपालिका आफैंले बनाउने कि स्थानीय बासिन्दाको समितिलाई दिने भन्नेमा विवाद थियो । पुनर्निर्माण समितिसँग सहममतित्रमा हस्ताक्षर गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ वर्षभित्र काष्ठमण्डप बनिसक्ने दावी गरे । तर समतिले भने ३ वर्ष लाग्न सक्ने बताएको छ ।

सहमतिपत्रमा काष्ठमण्डपका लागि आवश्यक काठ सरकारकै टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)सँग लिने उल्लेख छ । त्यस्तै समितिले पुनर्निर्माणका लागि सहयोग संकलन गर्ने र नपुग रकम महानगरपालिकाले नै दिने पनि उल्लेख छ ।

यो समितिका स्थानीयबासिन्दासँगै सम्पदाविद, पुरातत्वविद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि र राष्ट्रिय कलाकारहरु छन् । काष्ठमण्डको पुननिर्माण पुरातत्व विभागले तयार गरेको डिजाइनमै हुनेछ ।

पुरातत्व विभागले यसअघि नै काष्ठमण्डपको पुर्निर्माण पुराने शैलीमा नै बनाउने गरी ड्रोइङ/डिजनाइन तयार गरेर महानगरपालिकालाई दिइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com