दाङ: महिलामाथि भएको कुटपिटको सर्वत्र विराेध, मानव अधिकारकर्मीको ध्यानाकर्षण


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राम प्रसाद घर्तीले जानकारी दिएका छन् ।

शुक्रबार अपरान्ह दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको घर्तीले बताए । उनका अनुसार दोसिहरुलाई कानुन अनुसार हदैसम्मको कार्बा्हिका लागि मुद्दा चलाउने समेत बताएका छन ।

यता जिल्लामा क्रियाशिल मानबअधिकारकर्मिहरुले घटनाको सत्य र तथ्य छानबिनको माग गरेका छन भने प्रहरीले समयमै पिडितको उद्दार गर्न नसक्नु दुखद भएको समेत बताएका छन । उनिहरुले यस्ता घटना नदोहोरिन दिन प्रहरीले सबै स्थानहरुमा सजगता अपनाउनुपर्ने समेत औल्याएका छन ।जिल्लामा क्रियासिल महिला मानबअधिकारकर्मिहरुले घटनाको कडा शब्दमा भत्सर्ना समेत गरेका छन ।

मानबअधिकार सक्षक सञ्जाल दाङकि अध्यक्ष सुष्मा गिरि,पत्रकार महासङघ दाङका उपाध्यक्ष लिला शाह,प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम,सञ्चारिका समूह दाङका अध्यक्ष नारायणि रजौरे,ले सयुक्त बिज्ञप्ति जारि गरि घटनाको सम्पूर्ण बिबरण सार्वजनिक गर्न दाङ प्रहरीलाई आग्रह समेत गरेका छन ।यता घटनाको बिरोध गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कडा शब्दमा भत्सर्ना गरेको छ ।समाजले ब्यब्क्तिको बाच्नपाउने मौलिक अधिकारमाथि प्रहार भएको भन्दै दोषिलाई कडा कार्बा्हि गर्नु पर्ने उल्लेख्य गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शान्ति समाज दाङका उपसभापति तुलसिराम सुनार र सचिव शरद रेग्मी ले मगलबार एक बिज्ञप्ति जारि गरि शुक्रबारको घटना ढिलो गरि सार्वजनिक हुनु प्रहरीको कमजोरि भएको समेत उल्लेख गरिएको छ । कैलालीको टिकापुर घटना सेलाउन नपाउदै दाङ, देउखुरीको राप्ती गाउ“पालिकामा दिनदहाडै निर्घात कुटपिट हुनु मानव अधिकारको घोर उल्घन हो शान्ति समाजको बिज्ञप्तिमा भनिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com