वडा अध्यक्ष कारागार चलान


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

जाजरकोटमा एकजना वडा अध्यक्षलाई सार्वजनिक अपराधमा दोषि ठहर भएको भन्दै प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

झण्डै डेढ वर्षअघि उनकै गाँउमा भएको एक घटनामा दोषि ठहर्याइएका भेरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नीमबहादुर भनारीलाई मंगलबार दिउँसो जाजरकोट सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यपालिकाको बैठकमा आएका भनारी खलंगाबाटै पक्राउ परेको भेरी प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका–१२, का शितला रावतले २०७३ साल फागुन १७ गते मदिरा सेवन गरेर आफूलाई खुकुरी देखाई ज्यान लिने धम्की दिएको र गाली गलौज गरेको भन्दै सार्वजनिक अपराध अन्र्तगत कारबाही गरी पाउँ भनि स्थानीय प्रशासन समक्ष जाहेरी दिएको आधारमा नीमबहादुरलाई दोषि ठहर गरी कारागार चलान गरिएको हो ।

तेतिबेला प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका भनारी तेतिखेरै १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । तेखिखेर भएको घटना वडा अध्यक्ष भएको झण्डै एक वर्ष पुग्न लाग्दा गएको वैशाखमा फैसला गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गएको वैशाख १० गते तत्कालिन जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीयो) पुष्पराज शाहीले वडा अध्यक्ष भनारीलाई दोषी ठहर्याउँदै एक महिना १० दिन कैद र छ हजार रुपैयाँ जरिवाना सुनाएका थिए ।

फैसलामा चित्त नबुझेपछि सम्बन्धीत पक्षले फैसलाको ३५ दिन भित्र पुनरावेदनका लागि निवेदन दिन सकिने कानूनी प्रावधान भए पनि त्यो समयमा पुनरावेदनका लागि पहल नभएको र समय बितेपछि जाजरकोट प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरिको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिनुभयो ।

भनारी तत्कालिन समयमा हिसातमा बसेको १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । भनारी तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com