सुरुङ खन्ने औजारसहितको ‘हेभी इक्विपमेन्ट लिजिङ कम्पनी’ खोल्न प्रस्ताव सरकारको प्रस्ताव सकारात्मक भएको निजी क्षेत्रको प्रतिक्रिया


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

सरकारले निजी क्षेत्रसँग संयुक्त रुपमा हेभी इक्विपेन्ट लिजिङ कम्पनी खोल्न प्रस्ताव गरेको छ । देशमा पूर्वाधार विकासका लागि आधुनिक हेभी इक्विपमेन्टको अभाव रहेको ठहर गर्दै सरकारले निजी क्षेत्रसँग साझेदारी गर्न खोजेको हो ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार यसमा निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया पनि दिएको छ । अब यसका लागि थप छलफल गरेर अघि बढ्ने तयारी अर्थ मन्त्रालयको छ ।

सरकारले यो वर्षबाट पूर्वाधारमा सुरुङ अर्थात टनेलिङ प्रविधिलाई प्राथमिकता दिने बताएको छ । त्यसलाई अघि बढाउने मूल ध्येयसहित औजार मेसिनरी भाडामा दिने कम्पनी खोल्न गृहकार्य सुरु भएको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा लिजिङ कम्पनी खोल्न सकिए देशमा आधुनिक पूर्वाधारहरुको विकासमा महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडा बताउँछन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘निर्माण व्यवसयमा देखिएको समस्या क्षमताका कारण नै हो । धेरै ठेक्का लिने अनि क्षमता र मेसिन औजार नपुग्ने भयो । कहिलेकाँही परामर्श सेवा पनि ढिलो भइरहेको छ,’ अर्थमन्त्री खतिवडाले भने,’यी सबै कुरालाई ध्यानमा राखेर संयुक्त रुपमा निर्माण सामाग्री लिजमा दिने लिजिङ र परामर्श कम्पनी खोलौं भनेर मैले आह्वान गरेको हुँ ।’

अहिले ठूला पूर्वाधार निर्माण गर्दा भारत, युएई लगायतका मुलुकका कम्पनीबाट आधुनिक मेसिनरी भाडामा ल्याउनुपर्ने अवस्था छ । अग्ला भवनकै लागि जग खन्ने लगायतका प्रयोजनमा आवश्यक मेसिनरी नेपालका व्यवसायीसँग पनि छैन । सरकारसँग पनि आधुनिक निर्माण मेसिनहरु छैनन् ।

पूर्वाधारको विकासका लागि अब आधुनिक मेसिनरीको अभाव हटाउन सरकारले निजी क्षेत्रको साथ खोजेको हो । टनिलिङका लागि आवश्यक टीबीएम मेसिनसहितका आधुनिक उपकरण प्रस्तावित कम्पनीले ल्याएर भाडामा लगाउनेछ ।

‘टनेलिङ टेक्नोलोजीको माग मुलुकभर अत्यधिक छ । जहीँ पनि पहाडको मुनि प्वाल पारिदिनुस् न १५ किलोमिटर, ३० किलोमिटर बाटो छोटिन्छ भन्नेहरु छन् । तर, हामीले टीबीएम मेसिन भनेको भेरी-बबई डाइभर्सनमा एउटा देखेका छौं । त्यस्ता ४-५ वटा मेसिन ल्याउन सकियो र त्यसको कन्सलटेन्सी पनि सँगै गर्न सकिने भने निजी क्षत्रेको निर्माण व्यवसय माथि जान्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो गर्न सकियो भने सरकारले पनि पूर्वाधार विकासको काम छिटो गराउन सक्छ । त्यसमा हामी संयुक्त रुपमा काम गर्न चाहन्छौं ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारको प्रस्ताव सकारात्मक भएको बताउँछन् । आधुनिक पूर्वाधारहरुको निर्माणका लागि हेभी इक्विपेन्टको लिजिङ सेवा नेपालबाटै उपलब्ध गराउन सके त्यसले मुलुकलाई ठूलो लाभ मिल्ने शर्माको भनाइ छ ।

‘अब यसमा गृहकार्य जरुरी छ । हामी पनि सरकारलाई यस्तो कम्पनी खोल्न भनिरहेका थियौं । यसवर्षको बजेटमै यो विषय आएको छ,’ शर्माले भने,’पूर्वाधारको विकासलाई अघि बढाउन यस्तो कम्पनी फलदायी सिद्ध हुन्छ ।’

शर्माका अनुसार यस्तो कम्पनीमा इक्विपमेन्ट मात्रै नभएर पूर्वाधार विज्ञहरुको पनि जरुरत पर्छ । त्यसैले कन्सल्टेन्सी पनि सँगै जोडेर कम्पनी बनाउनुपर्ने हुन्छ ।

‘विदेशमा कतै सरकारले नै यस्तो कम्पनी चलाउँछ । कतै निजी क्षेत्रले नै थेगेका छन् । नेपालमा भने सरकारले मात्रै गर्दा व्यवस्थापनमा समस्या हुन सक्ने भनेर पीपीपी मोडलमा जान खोजिएको हो,’ शर्माले भने, ‘यसलाई अघि बढाउन निजी क्षेत्र तयार छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com