अमेरिकामा एसाइलम गर्दा विवरण ढाँट्नेलाई जेल


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

अमेरिकामा एसाइलम आवेदन दिंदा विवरण ढाँट्नेलाई जेल सजायका लागि युएससीआईएसले महत्वपूर्ण भूमिका खेलेको छ । इरानी नागरिक अलि बाहदानीले एसाइलम गर्दा झुठो विवरण पेश गरेका कारण साढे ३ महिनाको जेल सजाय पाएका छन् ।

एरिजोनाका जिल्ला न्यायाधिसले ती २८ बर्षीय इरानी नागरिकलाई एसाइलमको आवेदनमा झुठो विवरण बुझाएको भन्दै जेल सजाय सुनाएका हुन् । उनले इरानी सेनामा काम गरेको र अमेरिका आउनु अगाडि इटलीमा शरण पाएको लगायतका विवरणहरु ढाँटेका थिए ।

अमेरिकामा शरण पाउनका लागि विवरण ढाँटिएमा त्यसलाई सहन नसकिने युएससीआईएसका लस एन्जलस एसाइलम निर्देशक डेभिड राडेलले बताएका छन् ।

उनको मुद्दाबारे इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अनुसन्धान गरेको थियो । जसमा युएससीआईएस र संघीय अनुसन्धान ब्यूरोले पनि सघाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com