कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे ।

‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

मुसा भगाउने प्रयाेजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालाेलार्इ राखिएकाे छ । साे म्युजियम क्षेत्रमा ६० वटा बिराला राखिएकाे बताइन्छ, जसमध्ये अकिलिजलाई विश्वकपको भविष्यवाणीका लागि छनोट गरिएकाे हाे ।

यसरी हुनेछ भविष्यवाणी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वकपका हरेक खेलपूर्व उक्त बिरालाेमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालाेले एउटाको खाना छानेर खानेछ । जुन टिमकाे झण्डा भएकाे भाँडाेकाे खाना बिरालाले खानेछ, साेही टिम विजेता बन्ने भविष्यवाणी गरिएकाे मानिनेछ ।

अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनाैट भएकाे हाे । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेकाे बताइन्छ ।

हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालाेमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेकाे छ । सुन्न नसकेपछि उसकाे ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भइरहेको मारियाकाे भनाइ छ ।

यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।

यसपटककाे विश्वकपका लागि छनाैट भएपछि याे बिरालाे पनि एकाएक सेलीब्रेटी भएकाे छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलार्इ ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com