मूल्यवृद्धिको विरोधमा नाङ्गो सिट्ठी आन्दोलन


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

नेपाल विद्यार्थी संघले आइताबार सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर विरोध जनाएका छन् ।

उनीहरुले नाङ्गै बजारमा सिट्ठी बजाएर मूल्यवृद्धिको विरोध जनाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य प्रत्येक हप्तामा सरकारले बढाउन थालेको भन्दै नेविसंघले नाङ्गै सिट्ठी बजाएर विरोध गरेको हो ।

गएको हप्तादेखि चरणबद्ध आन्दोनलग गरिरहेका विद्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारा–जुलुससहित मूल्यवृद्धिको विरोध गरेका हुन्  । अहिलेको सरकारले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढाएको र मूल्यवृद्धिको कारण महङ्गीले सर्वसाधारण नागरिको ढाड सेकेको भन्दै आफूहरुले आन्दोलन गर्नुपरेको नेविसंघका विद्यार्थी नेता खगेन्द्र खड्काले बताउनुभयो ।

‘सांकेतिक रुपमा हामीले आन्दोलन गरी रहेको छौं’, आन्दोलनमा आवद्ध विद्यार्थी नेता खड्काले भन्नुभयो, ‘यदी सरकारले यो निर्णय फिता नलिए चरणबद्ध आन्दोनलमा जान्छौं ।’ खड्काले ओली सरकारमा गएको बेला मात्र पाँच पटक मूल्य वृद्धी गरेकाले सरकारले नै गरिब नागरिकको ढाढ सेक्ने गरी काम गरेको आरोप लगाउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

र्‍यालीमा सहभागी विद्यार्थीहरुले मूल्यवृद्धी फिर्ता गर, उखान टुक्का बन्द गर, लम्पसारवाद मुर्दावाद, जस्ता नारा लगाएर विरोध जनाएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com