टिचिगं अस्पतालका कर्मचारीको लकरमा भेटियो पेस्तोल र गोली, प्रहरी पस्यो अस्पताल भित्र, अहिले अवस्था यस्तो छ


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारीको लकरबाट पेस्तोल र ३ राउण्ड गोली बरामद गरिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

अस्पतालका कर्मचारीहरुले प्रयोग गर्ने एउटा लकर लामो समयदेखि बन्द रहेपछि प्रशासनले समेत यसअघि प्रहरीलाई खबर गरेको थियो ।

पेस्तोल र गोली कसले र के उदेश्यले राख्यो भन्ने विाय अहिलेसमम प्रशासनसँग कुनै आधार नभएकाृ र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेपछि टिचिङ हस्पिटलका कर्मचारीहरुसँग सोधपुछ गरेर र सुक्ष्म रुपमा अनुसन्धान थालीएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com