गाजा क्षेत्रका बालबालिका मानसिक स्वास्थ्य संकटमा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

अधिकारकर्मीहरुको समुहले गाजा क्षेत्रमा गरेको एक अध्ययनले ९५ प्रतिशत किशोर किशोरीहरुमा गहिरो मनोवैज्ञानिक समस्या रहेको तथ्य सावजननिक गरेको छ ।

एक बालअधिकार समुहका अनुसार गाजा क्षेत्रमा सशस्त्र आक्रमणले प्रभावित बालबालिकाहरुको एक पुस्ता मानसिक स्वास्थ्य संकटको सामना गरिरहेको छ ।

‘गाजामा बालबालिकाहरुको एक सिंगो पुस्ता खुकुरीको धारमा बाँचिरहेका छन् । जहाँ थप एक अप्रिय घटनाले तिनीहरुको जीवनलाई तहसनहस पारिदिनसक्छ’, सेभ द चिल्ड्रेनका वरिष्ठ स्वास्थ्य सल्लाहकार मार्सिया ब्रोफीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेभ द चिल्ड्रेनले तटीय उपनिवेशमा बस्ने औसत चौध वर्ष उमेरका १ सय ५० किशोर किशोरीहरु र १ सय ५० हेरचाहकर्ताहरुको सर्वेक्षण गरेको थियो । जसमा अन्तरवार्ता लिइएका ९५ प्रतिशत बालबालिकाहरुले तनावपूर्ण भावना, अनियन्त्रित क्रियाकलाप, एक्लै बस्न रुचाउने र आक्रमक जस्ता लक्षण देखाए ।

इजरायली हमलाहरु जो सन् २००८–२००९, २०१२ र २०१४ मा गरिएका थिए ती सबै घटनाका प्रत्यक्षदर्शी भएर धेरै बालबालिकाहरु हुर्किए । यस बाहेक इजिप्ट–इजरायल नाकाबन्दीले गाजामा गम्भिर रुपमा जीवनका स्तरलाई हानी पुर्याएको छ । जहाँ अहिले युवा बेरोजगारको संख्या ६० प्रतिशत छ र गरिबीको रेखामुनी हुनेहरुको संख्या ३० बाट ५० प्रतिशत पुगेको छ ।

कम्तिमा ६८ प्रतिशत बालबालिकाहरु भन्छन् की तिनीहरुलाई निन्द्रामा समस्या छ । ७८ प्रतिशतले सोच्छन् की तिनीहरुका लागि डरको मुख्य अनि ठूलो स्रोत लडाकु विमानको आवाज थियो ।

अध्ययनले अहिलेसम्म यो पनि देखाउँछ कीे ८० प्रतिशत बालबालिकाहरुले आफ्ना परिवार र साथीहरुसँग आफ्ना समस्याहरुका बारेमा खुला रुपमा कुरा गर्न सक्दछन् । ९० प्रतिशतले आफ्ना अभिभावकको समर्थन महसुस गर्ने बताए ।

ब्रोफीका अनुसार जब हरेकजसो बालबालिकाहरुले आफ्नो सुरक्षालाई तिनीहरुको परिवारको उपस्थितीमा बाँधेका छन् त्यो पारिवारिक सुरक्षाको अवस्थालाई द्वन्द्वले भङ्ग गर्दा बालबालिकाहरुको मानसिक स्वास्थ्य समस्या मौलाएको हो ।

इजरायलको सीमा नजिकै गाजा क्षेत्रमा हालै मात्र भएको हप्ताैं लामो शान्तिपूर्ण बिरोधमा इजरायली सेनाबाट १४ बालबालिका सहित १ सय २० प्यालेस्टायनहरु मारिएका छन् भने १३ हजार भन्दा बढि घाइते भएका छन् ।

अध्यनका क्रममा अन्र्तवार्ता लिईएकी एक १५ वर्षीया किशोरी समर भन्छिन, उनी कतै अर्को मिसाइल आक्रमणको निशानामा पर्छु की भनेर सँधै डराउँछिन् । यस्तो खालको डरले म लगायत धेरै बालबालिकाहरुलाई समस्यामा पारेको छ । कहिलेकाँही दिनमा पनि डरलाग्दा सपनाहरुले मेरो जीवनमा आउने भयानक समस्याको याद गराउँछन् र म त्रसित भएर त्यस बारेमा सोचिरहन्छु ।

उनी भन्छिन्, ‘नाकाबन्दी, हवाई आक्रमण र युद्व यस्ता सबै खाले घटनहरुले मेरा सपनाहरु, उद्देश्यहरु र व्यक्तित्वमा असर गर्छ । म डराउँछुकी भविष्यमा के हुन्छ भनेर ।’

सेभ द चिल्डे«नका कन्ट्री डाइरेक्टर जेनिफर मुरहेडले भनिन्, ‘अहिलेको यो अवस्था बालबालिकाहरुका लागि अभावका चक्रले उनीहरुलाई दीर्घकालिन समस्यामा घकेलेको छ ।

‘यस्तो खालको समस्याले त बालबालिकाहरुलाई भविष्यमा न कुनै राम्रो वातावरण दिन्छ न त उपयूक्त अवरस नै । तर पनि बच्चाहरुले अहिले जे गरिरहेका छन त्यो भन्दा राम्रो गर्न सक्छन्’ उनले थपिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com