चक्कु किन्दा माया बसेपछि उमेरले छेकेन यी जोडीलाई
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
छिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका बृद्ध र १८ वर्षकी युवतीबीच भएको हो ।
इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।
६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ चक्कु किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको इण्डोनेसियाको एक वेबसाइटले जनाए छ ।
सुलेमान ५ छोराछोरी र ९ नातिनातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको मृत्यु भएको थियो ।
पत्नीको मृत्युपछि स्थानीय लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो ।
एक वर्षको प्रेमपछि उनीहरुले गएको १६ जुलाइमा बिहे गरेका हुन् ।





