बजारका प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।

विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र परीक्षणमा पानीमा कोलिफर्म र ई। कोली भेटिएको हो ।

चालू आर्थिक वर्षको १० महिनामा खराब पानी उत्पादन गर्ने २२ सहित दूध, दही, तेल र घिउ गरी १३५ उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

ई कोली मानिस तथा जनावरको तथा कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हुन् । यस्ता जीवाणुयुक्त पानी सेवन गरे झाडापखालालगायत गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com