अपडेट : डा. देवकोटालाई अस्पताल परिसरमा ल्याइयो , देवकोटाले दूध र जुस पिए


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराई रहेका उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गएराति गम्भीर भएको थियो ।
तर, आज बिहानस्वास्थ्य अवस्थामा सुधार आएपछि डाक्टरको टीमले उनलाई घाम ताप्न अस्पताल परिसर बाहिर ल्याएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका कारण अस्पतालले देवकोटासँग भेटघाट रोकेपछि सामाजिक सञ्चालमा अप्रिय हल्ला फैलिएका छन् । अस्पताल प्रशासनले देवकोटाको स्वास्थ्यमा सुधार हुँदै गएको र हल्ला गलत भएको जनाएको छ ।

अस्पताल परिसरमा ल्याएर देवकोटालाई चम्चाले दूध र जुस पिलाइएको हो । देवकोटाको पित्तथैलीको क्यान्सर सम्बन्धी उपचार भइरहेको छ । सामाजिक सञ्जालमा ‘अप्रिय हल्ला’ फैलिएपछि देवकोटालाई अस्पताल परिसरमा ल्याएर आज बिहान दूध र जुस पिलाइएको छ ।

विगत केही समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको ५ महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर गत बैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार नेपाल ल्याइएर उनको उपचार भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com