मधेस झरे एमालेका शीर्ष नेताहरु, कसले के भने ?


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश नं २ कमिटीद्वारा आज सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उनले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याए ।

एमालेका पूर्वअध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक रहेको बताए ।

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उनले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गरे । महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको बताए ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com