अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ ।

अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग कुनै सम्बन्ध नरहेका तीन सर्वसधारणको ज्यान गएको ह्युम्यान राइट्स सङ्गठनद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

बानी वालिद शहरमा विना हतियार एक कारमा सवार यात्रुहरु सो कारबाहीमा परेका थिए । यी सर्वसाधारणको कुनै आतङ्ककारी समूहसँग सम्बन्ध नरहेको र उनीहरु माथि कुनै
पक्राउ वारेन्ट पनि जारी नभएको आफन्तजनले बताएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com