र्यापर निर्णय एनएसके शैक्षिक अभियानमा, खुलाए टाउकोमा रुमाल र टोपी लगाउनुको रहस्य (भिडियो)
प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार
पछिल्लो समय दर्शक श्रोताले धेरै लामो समय देखि निर्णय एनएसकेका गीतहरु सुन्न पाइरहेका छैनन् ।
निर्णयका अनुसार, सांगीतिक टुरका कारण उनले आफ्नो नयाँ गीत बजारमा ल्याउने समय नपाएका हुन् । उनले शिक्षाको लागि सागीतिक भ्रमण अभियान लिएर नेपाल भ्रमण गरिरहेका छन् र छिट्टै फेरी त्यही अभियानमा जाँदै छन् ।
उक्त अभियानमा उनले सांगीतिक कार्यक्रमसंगै एच.आइ.भी तथा अरु स्वास्थ्य सम्बन्धि , वातवरण सम्बन्धि, शिक्षा सम्बन्धि सचेतना फैलाउने काम गर्छन् । कार्यक्रम गरेपछि उनले उपस्थितहरुबाट कापी, पेन्सिल आदि संकलन गर्छन् । संकलन भएका ती शैक्षिक सामग्री उनले विकट गाउँमा पढिरहेका र शिक्षाको सबै सुविधा नपाएका बालबालिकालाई बाँड्ने गर्छन् ।
निर्णयले सधै कालो चस्मा, सेतो रुमाल, रातो टोपी, टिसर्ट-प्यान्ट लगाउने गर्छन् भने गोजीमा रुमाल राख्ने गर्छन् । उनका अनुसार, रातो टोपी छुवाछुत प्रथा विरुद्धको लागि हो भने सेतो रुमाल देशमा शान्तीको कामनाको लागि हो । पहिरन शैली भने उनले अमेरिकाको बसाइको क्रममा प्रभाव भएर अपनाएका थिए ।





