पूर्व युवराज पारश अध्यात्मिक कक्षा लिदै


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर विहीवार दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्।

छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली जान लागेका पारशले ‘बृहत् आध्यात्मिक परिषदको पुस्तकालय’ को विशेष कक्षामा सम्मिलित हुनेछन्। त्यसक्रममा पारशले नौनाथ, गोरक्षनाथ, शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध, धर्मशास्त्र अनुसारको वैदिक चार सत्ताबारे जानकारी लिनेछन्।

यसैगरी नेपालमण्डल र गोरखा विस्तार, शाहवंशका देन, पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति, अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदृष्य पनि हेर्नेछन्।

पूर्व नवयुवराज हृदयेन्द्र र शाही परिवारका अन्य सदस्य आज मृगस्थली पुग्ने भएपनि पारशले विगत ४ दिनदेखि निरन्तर मृगस्थली गएर उपरोक्त विषयमा कक्षा लिइरहेका छन्। त्यहाँ आयोजित कक्षामा भएको ज्ञानबारे बिचार विमर्श र छलफल पनि हुने गरेको राष्ट्रिय सरोकार मञ्चका संयोजक सोमबिक्रम सिंहले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पारशसहित पूर्व राजपरिवारका सदस्यहरुलाई गुरु गोरक्षनाथ धाम अन्तर्गत बृहद आध्यात्मिक परिकाषद अध्यापकहरुले कक्षा दिनेछन्। तत्कालिन राजा श्री ५ महेन्द्रको निर्देशन बमोजिम गठन भएको सो परिषदका संरक्षक महेन्द्र आफै थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com