कसले ढाल्छ मेरो सरकार –मुख्यमन्त्री राउत


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन् ।

रौतहट सदरमुकाम गौरस्थित कविर चोकमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टीबीच दुई बुंदे सहमति पश्चात केन्द्रीय सरकारमा फोरम सहभागी भएको प्रष्ट पार्दै प्रदेश २ को सरकार ढल्ने अड्कलबाजीमाथि पूर्ण विराम लगाउदै फोरम राजपा गठबन्धनमा आफनो कार्यकाल पुरा गर्ने दावी गरे।

दर्जनौ स्थानमा संशोधन गर्नुपर्ने भएकोले संविधान संशोधनको लागि दुई तिहाइ बहुमतको आवश्यक परेको हुनाले फोरम सरकारमा सहभागी भएको बताउँदै मुख्यमन्त्री राउतले संशोधन नगरेसम्म केन्द्रीय सरकार अघि बढ्न नसक्ने ठोकुवा गरे।

प्रदेश २ मा मधेशको माग एवं म्याण्डेड अनुसार राजपा र फोरम गठबन्धनको सरकारको बाहेक अन्य कुनै विकल्प नरहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com