अब जग्गा दलालीलाई कारबाही !


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

कृषिमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिन खण्डीकरण गरेर जग्गा दलालहरुले देशको आर्थिक अवस्था नै जर्जर पारेको दाबी गर्दै जग्गा दलालमाथि कारवाही गर्ने संकेत गरेका छन् ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले दलालको मनपरीले कृषियोग्य जमिन ध्वष्ट भएको दाबी गर्दै कारवाही गर्ने बताएका हुन् । उनले भूमाफिया र दलालकै कारण जग्गा टुक्राउने कार्य तीव्र भएको र उत्पादनशील जमिन घडेरीको नाममा बाँझो जमिनमा परिणत भएकोले राष्ट्रिय अर्थतन्त्रै असर परेको दावी गरे ।

कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको जानकारी गराउँदै जग्गा खण्डीकरण कार्य जुनसुकै हालतमा रोक्ने बताएका हुन् । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने बताउँदै मन्त्री खनालले किसानलाई राहत दिन सरकार तयार रहेको समेत खुलासा गरेका छन् । लामो समय संक्रमणकालबाट गुज्रेको नेपालको अधिकांश खेतीयोग्य जमिन प्लटिङ गरेर बिक्री गरेका कारण कृषि उत्पादन घट्दै गएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com