अमेरिकाले थप विदेशी कामदारका लागि ढोका खोल्नसक्ने


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

अमेरिकी सरकारले अझ धेरै विदेशी अस्थायी कामदारका लागि ढोका खोल्न विभिन्न उपायहरुको खोजी गरिरहेको छ । अमेरिकामा रहेका उद्योगहरुले अस्थायी रुपमा अझ धेरै विदेशी कामदारहरु भित्राउने मार्गहरु खोजिरहेको ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले जनाएका छन् ।

अमेरिकाको वेरोजगारी दर १८ बर्षमा नै सबैभन्दा कम भएको अवस्थामा अमेरिकन कम्पनीहरुमा काम गर्न थप कामदारहरु भित्राउने उपायहरु खोज्न थालिएको हो । गतसातामात्र ट्रम्प प्रशासनले अमेरिकी बिजनेशहरुलाई ढल्नबाट जोगाउन १५ हजार विदेशी कामदारहरुलाई अस्थायी भिसा दिने घोषणा गरेको थियो ।

समुन्द्री खानाको प्रशोधन गर्नेहरुदेखि होटल रेष्टुरेण्टका मालिकहरुले अमेरिकामा रहेका कामदारहरु अपुग रहेको गुनासो गरेपछि अस्थायी भिसाबारे ट्रम्प प्रशासनको ध्यानाकर्षण भएको हो । अमेरिकाभर विभिन्न प्रकारका ब्यापार, ट्रक ड्राइभर, मिस्त्री लगायतका कैयन पेशामा कामदारहरुको कमी भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com