अमेरिकाको सान डिएगोक्षेत्रको सिमानामा पर्खाल निर्माण सुरु


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

अमेरिकाको सान डिएगो क्षेत्रको सिमानामा पर्खाल निर्माण कार्य सुरु भएको कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ । योे सिमानामा पर्खाल लगाउने अमेरिकाको तेश्रो परियोजनाको सुरुवात हो ।

त्यहाँको १४ माइल सिमानामा रहेको ८ देखि १० फुट अग्लो पर्खाललाई अब चढ्न नमिल्नेगरी विशेष तरिकाले १८ देखि ३० फुट अग्लो बनाइने भएको छ । टेक्सासमा रहेको एउटा निर्माण कम्पनीले १४७ मिलियन डलरमा यसको जिम्मा लिएको छ ।

अरु दुईवटा सिमानामा पर्खाल लगाउने योजनाहरु क्यालिफोर्नियाको क्यालेक्सिको र न्यु मेक्सिकोको सान्टा टेरेसामा चलिरहेका छन् । क्यालेक्सिकोमा २ माइल र सान्टा टेरेसामा २० माइल लामो पर्खाल बनाउने कार्य चलिरहेको छ ।

अहिले पर्खाल निर्माणको काम सुरु भएको सान डिएगो क्षेत्र ठूलो संख्यामा गैरकानुनी रुपमा आप्रवासीहरु प्रवेश गर्नेमध्येको एउटा क्षेत्र हो । आर्थिक बर्ष २०१७ मा यसक्षेत्रमा २६ हजार भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरु पक्राउ परेका थिए । सोही आर्थिक बर्षमा त्यसक्षेत्रमा ११ हजार पाउण्ड गाँजा, २९ सय पाउण्ड कोकिन, ५७ सय आउन्स हिरोइन र अन्य लागुपदार्थहरु समेत नियन्त्रणमा लिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com