प्रधानमन्त्री चीन जानुअघि नै गैंडा उपहार


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानु अघि नै सरकारले चीनलाई जोडी गैंडा उपहार दिने तयारी गरेको छ । ओली असार पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका अधिकारीहरुले चीनीयाँ राजदूत यू होङलाई आइतबार गैंडा उपहारबारे सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा.महेश्वर ढकालले प्रधानमन्त्री चीन भ्रमणमा जानु अघि नै गैंडा उपहार दिन सकिनेबारे मन्त्रालयले राजदूतलाई जानकारी गराएको बताए ।

‘हामीले सबै तयारी पूरा गरिसकेकै छौँ भनेर भन्यौँ,’ ढकालले भने, ‘उहाँहरुले आफ्नो मन्त्रालयसँग छलफल गरेर समय तालिका जानकारी गराउनुहुनेछ ।’ दूतावासले आफ्नो मन्त्रालयसँग छलफल गरेर वन मन्त्रालयलाई समय तालिका जानकारी गराउनेछ । चीनियाँ हवाईजहाजमा काठको खोरमा राखेर गैंडा चीन लगिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने घोषणा गरिसकेको छ । उपहार दिइने दुई जोडी गैंडा चितवनको सौराहाको बुमामा राखिएको छ । चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार उपहार दिन लागिएका गैंडा डेढदेखि दुई वर्ष सम्मका छन् ।

एक आर्थिक वर्षमा कुनै पनि मुलुकलाई एक जोडी मात्र वन्यजन्तु उपहार दिन सकिने साईटिस ऐनमा व्यवस्था छ ।

त्यसैले पहिलो चरणमा चीनलाई एक जोडी गैंडा हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री जानुअघि हस्तान्तरण नभए असार मसान्तअघि एक जोडी र नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै अर्को जोडी प्रदान गर्न सकिनेगरी छलफल भएको पनि डा.ढकालले बताए ।

    के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

    अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
    न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com