भारतीय राष्ट्रपतिको भ्रमण तालिका


प्रकाशित मिति : कार्तिक १७, २०७३ बुधबार

भारतका राष्ट्रपति प्रणव मुखर्जीको  नेपालको राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले  त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा  स्वागत गरेपछिपछि राष्ट्रपति मुखर्जी सिनामंगल, तीनकुने, नयॉबानेश्वर, माइतीघर, त्रिपुरेश्वर कलंकी हुर्दै होटल सोल्टी जानुहनुे छ । दिउसो २ बजे राष्ट्रपति मुखर्जी समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टचार भेटवार्तामा सहभागी हुन दिनको १ बजे त्यसतर्फ जानुहुने कार्यक्रम छ ।

भेटवार्तापछि राष्ट्रपति मुखर्जी ४ बजे होटल ¥याडीसनमा इण्डिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुने छ । त्यसपछि राष्ट्रपति मुखर्जीे–प्रचण्डबीच होटल हायतमा सांझ ६ः२५ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ । त्यसपछि होटल हायतमै समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।  दिउसो नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्नेसहभागी हुनुहुने छ भने सांझ ४ बजे काठमाण्डौ महानगरपालीले प्रदान गर्न लागेको नागरीक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रपति मुखर्जीले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहॉस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा  सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार सांझ ५ बजे काठमाडौंबाट नयॉदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com