फोरमबाट सरकारमा तीन जना मन्त्री थपिए, सहभागि हुने मन्त्रीको नाम सहित


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

संघीय समाजवादी फोरमले मन्त्रीको नामावली टुंगो लगाएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको हो । अध्यक्ष यादव सहरी विकास मन्त्री त्यस्तै, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ स्वास्थ्यमन्त्री बनेको एक स्रोतले जानकारी दिएको छ ।

त्यसै स्वास्थ्य राज्यमन्त्री उर्मिला बनेकी छिन् । संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि बैठकले अध्यक्ष यादवलाई अख्तियारी दिएको थियो । शीर्ष नेताहरुसँगको परामर्शमा फोरम अध्यक्ष यादवले बिहीबार साँझ मन्त्रीको नाम टुंगो लगाएका हुन् । सम्भवतः आजै शुक्रबारै सपथ हुने बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com