भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ ।

यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ बर्षीया एक महिलाको बुधबार राति मृत्यु भएपछि सो संख्या १६ पुगेको बताइएको हो ।

केरलाको कोझिकोडे र मलापुरम जिल्लामा सुरु भएको यस भाइरसको प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको छ– यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझै पनि १७ जना उपचारको क्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताउनु भएको छ ।

भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रो पटक हो । यसअघि सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो ।

त्यसबेला बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बङ्गलामा निपा भाइरसका कारण ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो । स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार यस भाइरसको खोप बनेको छैन ।

यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र स्वासप्रस्वासमा असर गर्ने गर्दछ । यसको संक्रमण भएपछि सघन उपचार कक्षमा राखेर स्वासप्रस्वासमा सघाउ पु¥याउनेगरी उपचार विधि सुरु गर्नुपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com