रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँ सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नभएको बताएका छन्
मन्त्रालयले चैत २३ गते सार्वजनिक गरेको १ सय दिने कार्ययोजनाको प्रगति विवरण सार्वजनिक गर्दै आज मन्त्री विश्वकर्माले सरकारले आफ्नै हिसाबले रंगशालाहरु बनाउने तयारी थालेको र धुर्मुस सुन्तलीसँग सम्पर्क टुटेको बताएका हुन।
‘उहाँहरुले पहिले त मुलपानीमै रंगशाला बनाउने भन्नुभएको थियो, तर त्यहाँ भएन क्यारे, त्यसपछि काठमाडौंबाहिर कता कता खोज्नुभयो, अनि गोदावरीमा बनाउने जानकारी दिन आउनुभएको थियो, मन्त्री विश्वकर्माले भन्नुभयो, तर त्यहाँ पनि प्राविधिक हिसाबले बनाउन मिलेन रे अहिलेचाहिँ धुर्मुससँग मेरो सम्पर्क छैन ।’ गोदावरीमा क्रिकेट रंगशालाका लागि ठिक छैन भन्नुको कारण आफूलाई थाहा नभएको मन्त्री विश्वकर्माले बताए ।