प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति टुंगो लाग्यो


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

 प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जादैँछन् । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले असार ५ गते चीन प्रस्थान साइत जुराएको हो । प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा रहेको बताइएको छ ।

ओलीको भ्रमणको तयारी गर्न नेपालका लागि चिनियाँ राजदूत लिलामणी पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बतायो । ओली सर्वप्रथम चीनको सिचुवान पुग्ने कार्यतालिका छ ।

ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com