नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तन हुने


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ ।  आज निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् ।

संसदीय दलका उपनेता नेम्वाङले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि निवेदन दिइने जानकारी दिनुभयो । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो ।

ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले ‘नेपाल कम्युनिस्ट पार्टी’मा ‘अन्डरलाइन’ राखेर आयोगमा निवेदन दिइएको थियो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भएको र नया“ पार्टीको नाम नेकपा राखिएको औपचारिक घोषणा गरिएको थियो ।

३ जेठमै नवगठित नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । जेष्ठ १४ गते आवश्यक कागजात बुझाइए पनि निर्वाचन आयोगले भने अझै निर्णय लिइसकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com