मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री पोखरेललाई संसदीय दलको नेता चयन गर्न नेकपाका नेता तथा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रस्ताव गर्नुभएको थियो भने अर्का नेता तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठले समर्थन जनाउनुभएको थियो ।

संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिँदै अब प्रदेशको समृद्धिको यात्रामा भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com