गोरे पुर्पक्षका लागि कारागार चलान


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो ।

गत बुधबारदेखि शुरु भएको बयान आजसम्म अर्थात चारदिनमा गोरेसँग ३७ पृष्ठको बयान लिइएको छ । उनीसँग सुन तस्करी, सांगठनिक अपराध र हत्यालगायतको विषयमा बयान लिइएको हो । गोरेसँग लिइएको बयानका विषय विस्तृत रुपमा सार्वजनिक भएको छैन ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएको थियो । सो अभियोगमा पक्राउमा परेका ३० जनामध्येबाट २८ जनालाई जेठ ८ गते कारागार चलान गरिएको छ । एकजनालाई साधारण तारेखमा र एकजनासँग धरौटी माग गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोरे आज कारागार चलान भएपछि सो घटनाको अभियोगमा पुर्पक्षमा थुनामा बस्नेको सङ्ख्या अब २९ पुगेको छ ।

जिल्ला अदालत मोरङमा वैशाख १९ गते उनीहरुमाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बरावरको ३७ लाख ९९ हजार ५५९ ग्राम अर्थात करिब ३८ क्विन्टल सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com