धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ ।

काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो ।

धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचनाअधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टहरा, पसल, रेष्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन महानगरले शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो । सूचनाबमोजिम शनिबार बिहानैदेखि व्यापारीहरुले आ–आफ्ना सामान हटाउन थालेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com