अर्नाको आतंक, दुईको मृत्यु

प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

कोसीटप्पु वन्यजन्तु आरक्षका दुई अर्नाको मृत्यु भएको छ। आरक्षबाट निस्किएको अर्नाले दुःख दिन थालेपछि स्थानीयले धान सुरक्षाका लागि लगाएको विद्युत तारको करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु भएको हो।

सप्तरीको कञ्चनरुप नगरपालिका(१० को घोघनपुरमा दुई वटा अर्नाको करेन्ट लागेर मृत्यु भएको आरक्षले जनाएको छ। अर्ना धान खान पसेपछि स्थानीय किसान बद्री साहलगायतकाले लगाएको विद्युतीय तारमा करेन्ट लागेर अर्नाको ज्यान गएको स्थानीयले बताएका छन्।

अर्नाको मृत्यु भएपछि आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साह र आरक्ष सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले घटनास्थल पुगी जानकारी लिएको कोसीटप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए।

आरक्षमा रहेको जङ्गली जनावरको आतङ्क बढेपछि किसानले धान सुरक्षाका लागि विद्युत् प्रवाह हुने तार जडान गरेको र सोही विद्युतमा करेन्ट लागेर अर्नाको मृत्यु भएको अध्यक्ष यादवको अनुमान रहेको छ।

रासस

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com