ओली र नेपालसँग भीम रावल असन्तुष्ट, केन्द्रीय सदस्यको सूची सच्याउन दबाव


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले शीर्ष नेतालाई भेटेर केन्द्रीय सदस्य मनोनयन सच्याउन चेतावनी दिएका छन् । ९ सदस्यीय हाइकमाण्डमा नपरेपछि असन्तुष्ट बनेका रावलले पूर्व एमाले समूहबाट मनोनित ४५ जना सदस्यको सूचीमा आपत्ति जनाएका हुन् ।

रावलले आइतबार अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर असन्तुष्टि जनाएका छन् । ओली र नेपालले तय गरेको सूचीमा ७ नम्बर प्रदेशबाट समावेश भएका नाममा रावलले असहमति जनाएका छन् । सूची नसच्याए स्वीकार्य नहुने जानकारी समेत गराइएको रावलनिकट स्रोतले जनाएको छ ।

पूर्वएमालेको तर्फबाट मनोनित ४५ जनाका सूचीमा ७ नम्बर प्रदेशबाट भानुभक्त जोशी, दयालबहादुर शाही, लीला भण्डारी र गौरी ओलीको नाम समावेश छ । प्रदेशका वरिष्ठ र योग्य नेताहरुलाई पाखा लगाएर जनता कार्यकर्ताले नचिनेका मान्छेलाई समेटिएको आरोप रावलको छ ।

रावलले ओली र नेपाल मिल्दा आफू खुसी भए पनि दुई नेता मिलेर मनपरी गरेको भन्दै आपत्ति जनाएका छन् । रावल तत्कालीन नेकपा एमालेको उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक थिए । पार्टी एकता प्रक्रियादेखि मनोनयनसम्म आफूसँग सल्लाह नगरिएको र बाइपास गरिएको गुनासो रावलले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रावलले राजेन्द्रसिंह रावल, गोविन्द कलौनी, दिनेशचन्द्र सुवेदी, हर्कबहादुर सिंह, माया भट्ट, दामोदर भण्डारीलगायतको नाम सिफारिस गरेको बताइएको छ । तर उनको सिफारिसभन्दा बाहिरबाट नेताहरुले नाम ल्याएपछि असन्तुष्टि बढेको हो ।

मनोनित केन्द्रीय सदस्यहरुको सूची नसच्याए तल्लो तहमा भेला आयोजना हुने चेतावनी समेत नेतृत्वलाई दिइएको छ । केन्द्रीय सदस्य, जिल्ला कमिटी, संघीय संसद् र प्रदेशसभा सांसदहरुका साथै स्थानीय तहका पदाधिकारीले समेत भेला आयोजना दबाव दिइरहेको रावलनिकट स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन एमालेका कैलाली जिल्ला इञ्चार्ज झपट रावलले मनोनयनको सूची सच्याउन आग्रह गरिएको बताए । उनले हाइकमाण्डमा नपरेकोमा रावल असन्तुष्ट रहेको भन्ने हल्ला गलत रहेको समेत प्रष्ट पारे ।

तत्कालीन एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग समदूरीमा रहेर काम गरेका रावल प्रभावशाली भूमिकामा थिए । माधव नेपाल प्यानलबाट उपाध्यक्ष जिते पनि रावल ओलीको मन जितेर बसेका थिए । तर पार्टी एकीकरण प्रक्रियामा बाइपास गरिएको भन्दै असन्तुष्ट बनेका छन् ।

नेकपाको ९ सदस्यीय हाइकमाण्ड बन्दा पनि उनी नपरेपछि ओली र माधव नेपालसँग आपत्ति जनाएका थिए । केन्द्रीय सदस्य मनोनयनमा समेत आफूले भनेका मान्छे नपरेपछि रावलले सूची सच्याउन चेतावनी दिएका हुन् ।

रावलले आजै मध्याह्न काठमाडौंको सिनामंगलमा प्रदेशका सांसदहरुसँग छलफल आयोजना गरेका छन् । यद्यपि, यो छलफल बजेटमा प्रदेशका कस्ता आयोजनाहरु समावेश गर्न सुझाव दिने भनेर आयोजना गरिएको स्रोतले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com