विष्फोटनमा छ भारतीय प्रहरीको मृत्यु
प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार
छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी बिछयाइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ ।
नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट पाँच प्रहरीको निधन भएको, दुई घाइते भएको नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले बताउनुभयो ।
घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी वल खटाइएको उहाँले बताउनुभयो । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ ।
प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटन गराएको हुनसक्ने खुल्न आएको छ । तर अनुसन्धान जारी रहेकोले यसबारे बिस्तृत विवरण थप अनुसन्धानपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो । (रासस÷एएनआई)






