नुवाकोटका सरकारी कार्यालयहरुमा कार्मचारीनै भेटिदैनन्


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

सरकारी कार्यालयहरुमा कामकाजको समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म हो ।

तर नुवाकोटका केहि सरकारी कार्यालयका कर्मचारीहरु भने मध्यानसम्म पनि कार्यालय पुग्दैनन् । आइतबार मध्यान १२ बजे नुवाकोटको मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला समन्वय समितीको कार्यालय पुग्दा अधिकांश कर्मचारीका थिएनन् ।

यो नुवाकोट मालपोत कार्यालय, यसको मोठ फाँट मा पंखा नाचिरहेको छ तर कर्मचारी छैनन ।

यस्तै यो भुमीसुधार तथा मुद्धा फाँट यसमा पनि कर्मचारी छैनन् । तर यहाँ भने विचौलिया छन् । उनि आँफु कर्मचारी भएको भन्दै आँफै कागजपत्र मिलाउँदै छन् । हामीले सत्य बुझ्न अरुलाई सोध्न थालेपछि यिनै व्यतmी केहि बेरमै आँफु कर्मचारी नभएको बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै यो नामसारी दाखिला फाँट यसका अधिकृत ईश्वरमान श्रेष्ठ भित्र उल्लेख गरीएपनि कार्याकक्ष भने रित्तो छ ।

यस्तै यो दर्ता चलानी फाँट यसमा पनि कर्मचारी छैनन् । अब यि सबै कर्मचारीको व्यवस्थापन गर्ने कार्यालय प्रमुखको कार्याकक्ष, यो कार्याकक्ष करीब १ बर्ष देखि नै खाली छ । कार्यालयका निमित्त प्रमुख बुद्धीलाल श्रेष्ठका अनुसार विभागबाटै कार्यालय प्रमुख नपठाएका ले कार्यालय प्रमुख पद ने रिक्त रहेछ ।

कार्यालय लगभग रित्तो नै भएपछि सेवाग्राहीले कसरी सेवा पाउनु । निमित्त कार्यालय प्रमुख बुद्धीलाल श्रेष्ठ भने कर्मचारी आउँदै होलन भन्दै १२ बजेसम्म पनि बाटो हेर्दै थिए ।

यस्तै सँगै रहेको नापी कार्यालयका अवस्था पनि उस्तै छ । यहाँको सोधपुछ कक्ष देखि सर्वेक्षक दामोदर सुवेदीको कार्याकक्ष पनि खाली थियो । यहाँ पनि कार्यालय प्रमुख दशरथराज पोखरेलको कार्याकक्ष पनि खाली थियो ।

कर्मचारीको यस्तै तालको कारण सात दिने देखी एउटा काम नभएका सेवाग्राही पनि भेटीए यहाँ । अब जनप्रतिनिधिहरुले नै नेतृत्व गरेको जिल्ला समन्वय समितिको अवस्था पनि फरक छैन ।

हामी जिल्ला समन्वय समीतिको कार्यालयमा पुग्दा उपप्रमुख अपसरा थापा बाहेक कोहि पनि थिएन । उनले सरहरु मिटिङमा गएको बताइन । यो नुवाकोटका सरकारी कार्यालयको हविगत हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com