संसदमा अभद्र व्यवहार गर्नेलाई नयाँ नियम


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

काठमाडौं । संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको चेतावनी र ३१ मा रहेको बैठक कक्षबाट निष्काशन सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।

यसरी संसदमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले बाहिर जान आदेश दिँदा पनि नगए मर्यादापालकले बाहिर निकाल्नेछन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com