संविधान संशोधन नभए छठपछि आन्दोलन : महतो


प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार

सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् ।

सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मधेसी मोर्चासँग गरेको तीन बुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिए ।

संविधान संशोधनमार्फत् मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ उनले भने ।

सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताए ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com