सिन्डिकेट हटाउने महानिर्देशक भट्टराई मन्त्रालयमा तानिए


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

यातायात ब्यवसायिको सिण्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्रालयमा बोलाईका छन् । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालयमा तानेका हुन ।

सिण्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायीसँगको मिलेमतोमा मन्त्री महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेको आरोप छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयमा हाजिर हुन पठाएको पत्र आज प्राप्त भएको भट्टराईले संचारकर्मीलाई जानकारी दिए ।

नयाँ कम्पनीलाई रुट इजाजत दिन र सिण्डिकेट तोड्न भट्टराईले महत्वपूर्ण भूमिका निभाएका थिए । भट्टराईको आलोचना गर्दै आएका यातायात व्यवसायीहरुले उनको सरुवा गराउन पटक पटक चर्को दवाव दिँदै आएका थिए ।
यातायात व्यवसायीको दवावकै कारण मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तानेको एक स्रोतले जानकारी दिएको छ । मन्त्री महासेठको राम्रो सहयोग नगरेका कारण भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलको सहयोगमा सिण्डिकेट तोड्ने अभियान सुरु गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com