एउटै कक्षामा आमा छोरी


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण ओखलढुंगाका एक महिलाले दिएकी छन् । सुनकोशी गाउँपालिका ८ की हेमकुमारी कटवालले छोरीसँगै एउटै कक्षामा भर्ना भएकी हुन् ।

हेमकुमारीकी छोरी १३ वर्षकी छिन् । भने हेमकुमारी ३१ वर्षकी । उनीहरु दुबै कक्षा ८ मा भर्ना भएका हुन् । स्थानीय जगत जननी आधारभुत विद्यालयमा छोरी दुर्गादेवी बस्नेतसंगै खब उनी पनि कक्षा ८ की विद्यार्थी हुन् । ‘पढाईलाई उमेरले छेक्दैन; भन्दै हेमकुमारी विद्यालयले सञ्चालन गरेको दोस्रो चरणको भर्ना अभियानका क्रममा भर्ना भएकी हुन् ।

उनले शिक्षा नै जीवन भएकाले अब नियमित रुपमा विद्यालय जाने र आफ्नो भविष्य उज्वल बनाउने बताईन् । उनले ढिलै भएपनि शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको भन्दै विद्यालयले समेत अवीर लगाएर स्वागत गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com