वरियताक्रमअनुसार सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेताहरु शुक्रबारको बैठकमा सत्तारुढ बेञ्चमा नयाँ वरियताक्रमअनुसार बसेका छन् ।

वरीयताक्रमअनुसार नेकपाको सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । वरिष्ठ नेता झलनाथ खनाल चीनमा रहेकाले उनको सिट खाली थियो ।

संसदको शुक्रबारकै बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई जानकारी गराए ।

सांसदहरुले पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण हुनु महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com