दुखद खबर ११ को परीक्षा दिन विहानै घरबाट हिँडेकी १८ वर्षकी उष्माको शव चार दिनपछि सिन्धुलीमा …


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

कक्षा ११ को परीक्षा दिन विहानै घरबाट हिँडेकी छोरी रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर–७, मा रहेको खुर्कोटमा फेला परेको छ ।

सोमबार बिहान आएको भिषण वर्षासँगै आएको बाढीले उष्मासहित ६ जनालाई स्थानीय रणजोर खोलाले बगाएको थियो । उनीहरु ६ जना नै कक्षा ११ को परीक्षा दिन मन्थलीबाट रुद्राक्षेश्वर मावि मुगिटारतर्फ जाँदै थिए । मन्थलीबाट मुगिटा जाने क्रममा रणजोर खोला तरेर जानुपर्ने र त्यो खोला तर्ने क्रममा उनीहरुलाई बगाएको थियो ।

खोलाले बगाएकाहरु मध्ये २ जना खोलाबाट बग्दै गरेको अवस्थामा निस्कन सफल भएका थिए भने अन्य तीनजना तामाकोशी नदीबाट निस्कन सफल भएका थिए । खोलाले बगाएकाहरु मध्ये उष्मा भने चारदिनदेखि वेपत्ता थिइन ।

उनको खोजी कार्यको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकहरुले चारदिनदेखि खोजी जारी राखेका थिए । खोजी गर्दै जादा मृतक फुँयालको शव खुर्कोटमा फेला परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोला तर्ने बेलामा उष्मासँगै ७ जना छात्रछात्राहरु रणजोर खोलामा पसेका थिए । उनीसँगै खोला तर्न पसेकी पि्रयङ्का श्रेष्ठका अनुसार उनीहरु खोलाको एउटा भंगालो तरेर अर्को भंगालो तर्न खोज्दा नसकेपछि फर्किएका थिए ।

खोलामा अकस्मात पानी बढेर भँगालोनै छोपिएपछि उनीहरु हात समातेर खोला तर्न लाग्दा सबैलाई बगाएको थियो । त्यही क्रममा उष्मा छुटेकी हुन् ।

त्यो क्षण सम्झिदै प्रियंका भन्छिन्-वारी फर्कन लाग्दा हामी सबैले एकले अर्काेको हात समातेका थियौं । अरु छेउछेउमा थिए । मैले उष्माको हात समातेको थिएँ । सबैलाई एकचोटी बगायो । छेउमा हुनेहरु खोलमै पार लागेछन् । उष्मा र मलाई खोलाको बीच धारले बगायो । त्यस पछि को कता को कता केही थाहा भएन ।’

खोला धमिलो थियो । धमिलो पानीले प्रियंकाको अनुहार पुरै लत्पतियो । उनी त्यतिन्जेल होसमै थिइन् । खोलाले जब तामकोसी नदीमा पुर्‍यायो, पिंयंकाको अनुहारको हिलो तामाकोशी पानीले पखाल्यो ।

प्रियंका भन्छिन् ‘त्यो बीचमा मैले एकजना केटी मान्छेको कपाल समात्न पुगेँ । सायद त्यो उष्मानै हुनुपर्छ । तर केहीबेरमा त्यो कता पुग्यो कता, म फेरि नदीमा बग्न लागेँ । केहीबेर बगेपछि मेरो हातले एउटा लौरो फेला पार्‍यो । मैले त्यही लौरो समातेर नदीमा खुट्टा टेकेँ । घाँटीसम्म पानी आयो । त्यस पछि म विस्तारै किनारा लागेँ ।’

उनी पाखा लाग्दा उनीसँग बगेकी उनकी साथी निशा शाह पनि नदीबाट किनारा लागेर ढंुगा समातेर बसिरहेकी थिइन् । उनले अझै पानी बढ्छ निस्कौं भनेर निशालाई पनि सँगै निकालेर बाहिर ल्याइन् । ‘यसरी हामी दुई त बच्यौं तर उष्मालाई बचाउन सकिएन’ टिलपिल आँशु पार्दै प्रियंकाले बताइन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com