चीनतर्फ निर्यात ६० प्रतिशतले वृद्धि


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ ।

भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ । आजको नागरिक दैनिकले आर्थिक पृष्ठमा यो समाचार छापेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।

मुलुकको नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com