बाजुरामा भेटिएको सूचना गलत रहेछ –एटीसी


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन ।

यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com