गोरखाकी फुन्जो लामा सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राख्दै ।


प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार

गोरखा , वि.स. २०४३ सालमा गोर्खाको छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा एउटा सामान्य परिवारमा जन्मेकी फुन्जो लामा भोली साझ चार बजे सगरमाथा चढ्दै छिन्। पायोनियर एडभोकेटको व्यबस्थापन तथा पासांग तन्जी शेर्पाको पथप्रदशर्नमा आरोहणको लागि फुन्जो अहिले आधार सिभिरमा छिन्।

सबैभन्दा कम समयमा सगरमाथा आरोहण पुरा गरेर नयॉ रेकर्ड राख्ने उनको योजना छ। पुरुषहरुतर्फ यो रेकर्ड भए पनि हालसम्म कुनै महिलाको नाममा यो रेकर्ड छैन । पहिलो प्रयास नै फुन्जोले गर्दै छिन् ।

अमेरिकामा रहेको ‘डेनाली’ हिमाल आरोहण गरेर यात्रा प्रारम्भ गरेकी फुन्जोले चोयु, आमाडब्लम, लापुछे, मनास्लु जस्ता हिमाल चढी सकेकी छिन् । फ्रान्सको “मोमलङ”हिमाल पनि आरोहण गरिसकेकी छिन् । गोर्खाको चुम भ्यालीमै हुर्केबढेकी उनलाई सानैदेखि हिमाल आरोहणमा पनि रुचि थियो । उनी हिमालय पथप्रदर्शक, लङलाइन उदारक, हिमाल आरोही र खेलाडीको रुपमा परिचित छिन् ।

उनले हिमाल आरोहणमा गएका तर दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुन्डिएर उद्धार गर्ने कामगर्दै आएकी छिन् । हेलिकप्टरमा झुन्डिएर आठ हजार मिटर भन्दा अग्लो हिमालको आकाशमूनि पुग्दा पनि मनमा कति डर लाग्दैन उनलाई । बरु पुरुषार्थी काम गर्न पाएकोमा दंग पर्छिन् । उनी दर्जनौ पटक सोलुखुम्बुको खुम्बु क्षेत्र र गोर्खाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुग्ने, मान्छेलाई प्राथमिक उपचार गर्ने, डोरीमा झण्डाएर हेलिकप्टरभित्र राखेर उद्धार गर्ने काममा सारिक भएकीछिन् ।

उनी खेलकुदमा पनि सक्रिय छिन् । रक क्लाइमिङ, स्की, टेनिस, भलिबलमा पनि दक्ष रहदै आएकी छिन् । स्कीमा त उनी गतवर्षकी राष्ट्रिय च्याम्पियन पनि हुन् । राम्रो अत्मविश्वास र लामो समयको तयारीले सगरमाथा आरोहणमा आफु सफल हुने कुरामा आशाबादी छिन् । आजको दरौदी दैनिकमा प्रकाशित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com