लालबाबु पण्डित सहित तीन जनालाई मुद्दा दायर


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन लालबाबु पण्डित र सञ्जिवकुमार साह तथा फोरमेन बाबुसाहेब सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार एक सेवाग्राहीको थ्रि फेज मिटर जडान गर्ने कार्यका लागि रु ३० हजार घुस मागेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

आरोपी तीनै जनालाई बिगो असुल गरी चार महिनासम्मको कैद सजाय माग गरेको आयोगले जनाएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com