अमेरिकी सिमानामा २ लाख बढी पक्राउ, विमानस्थलबाट फर्काइयो सबालाख


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

अमेरिकी सिमा रक्षक युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ को ७ महिनामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने २ लाख १५ हजार ८ सय ६४ जनालाई नियन्त्रणमा लिएको छ । सोही अवधिमा विमानस्थल लगायतका पोर्ट अफ इन्ट्रीबाटै कानुनी रुपमा नै प्रवेश गर्न खोज्ने १ लाख ३३ हजार ३ सय ७० जनालाई प्रवेशमा रोक लगाइएको छ ।

सन् २०१७ को अक्टोबर १ देखि सन् २०१८ को अप्रिल ३० सम्म उनीहरु पक्राउ परेका र प्रवेशमा रोक लगाइएका सीबीपीले जनाएको छ । पोर्ट अफ इन्ट्रीबाट फर्काइनेमा कैयन नेपालीहरु समेत रहेका छन् ।

अमेरिकाका ३ सय भन्दा धेरै पोर्ट अफ इन्ट्रीहरुमा सीबीपी तैनाथ रहेको छ । उनीहरुले अमेरिका आउने भिजिटरहरु, अमेरिकी नागरिकहरु र अमेरिका ल्याउदै गरिएका सामानको चेकजाँच गर्छन् । गत आर्थिक बर्षको विवरण हेर्दा २०१७ मा ३ लाख १० हजार ५ सय ३१ लाई सीबीपीले पक्राउ गरेको थियो भने १ लाख ९९ हजार ८ सय ४४ जनालाई अमेरिका प्रवेशमा अयोग्य सावित गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com