गल्तीपूर्ण जारी गरिएका साढे ८ हजार ग्रिनकार्ड फिर्ता लिंदै अमेरिकी सरकार


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

अमेरिकी सरकारले गल्तीसहित जारी गरिएका ८ हजार ५ सय ४३ ग्रिनकार्ड फिर्ता लिन सुरु गरेको छ । मिति लगायतका गल्तीसहित जारी भएका त्यस्ता ग्रिनकार्ड आज सोमबारबाट फिर्ता लिन सुरु गरिएको हो ।

गत फरबरीदेखि अप्रिलसम्म जारी भएका त्यस्ता ग्रिनकार्डमा ग्रिनकार्ड जारी भएको मिति गलत उल्लेख भएको छ । गलत मिति सहित जारी भएका ग्रिनकार्ड होल्डरहरुलाई युएससीआईएसले त्यस्ता ग्रिनकार्ड फिर्ता गर्न सुचीत गर्नेछ ।

युएससीआईएसले प्रिपेड खामसहित सुचना पठाउने र त्रुटी भएका ग्रिनकार्डहरु सुचना पाएको २० दिनभित्र युएससीआईएसलाई पठाउनु पर्नेछ । त्यस्ता त्रुटीपूर्ण ग्रिनकार्डहरु युएससीआईएसको फिल्ड अफिसमा पनि फिर्ता गर्न सकिनेछ । फिर्ता गरेको १५ दिनभित्र युएससीआईएस मिति सच्याएको नयाँ ग्रिनकार्ड पठाउने जनाइएको छ ।

खासगरी अमेरिकी नागरिकका दम्पत्तिले पाउने ग्रिनकार्डमा त्यस्तो त्रुटी भएको जनाइएको छ । त्रुटी सच्याएर नयाँ ग्रिनकार्ड नलिएमा पछि नागरिकता लिने बेलामा समस्या पर्न सक्ने युएससीआइएसले चेतावनी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com